ओपोको अन्तर्राष्ट्रिय ब्यापार टीम एलेन बु को नेतृत्वमा, ओपो ईन्डिया अध्यक्षमा चार्ल्स वोङ नियुक्त

  • Technology Khabar | १४ जेष्ठ २०७५, सोमबार
ओपोको अन्तर्राष्ट्रिय ब्यापार टीम एलेन बु को नेतृत्वमा, ओपो ईन्डिया अध्यक्षमा चार्ल्स वोङ नियुक्त

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोले अन्तर्राष्ट्रिय ब्यापारमा थप अग्रताका साथै यूवा प्रतिभा उत्थानको उद्देश्यका साथ नयाँ नेतृत्वको घोषणा गरेको छ ।

ओपोका उपाध्यक्ष तथा चाइना मार्केटिङ एण्ड सेल्सका भुतपूर्व ईन्चार्ज एलेन वु लाई कम्पनीले अन्तर्राष्ट्रिय ब्यापारको जिम्मेवारी सुम्पेको हो ।

एलेनले आफ्नो नयाँ भुमिकामा समग्र अन्तरराष्ट्रिय अपरेशन्सका लागि नेतृत्वदायी भुमिका निभाउँदै चाइना भन्दा बाहिर ओपोको बृहत विकास र बृद्धिका लागि काम गर्ने छन् । उनले ओपोका प्रमुख कार्यकारी अधिकृत टोनी शेनलाई रिपोर्ट गर्नेछन् ।

‘अन्तर्राष्ट्रिय ब्यापारले रणनीतिक भूमिका खेल्दछ र ओपोमा यसलाई निकै महत्व दिइन्छ । साथै, हामी यूवा प्रतिभा उत्थान र ओपो मातहत पदोन्नतीका लागि प्रतिबद्ध छौँ,’ टोनी शेनले भने ।

मार्केटिङ क्षेत्रको विशिष्ट अनुभव संगालेका एलेन उपभोक्ता अन्तर्दृष्टि सम्बन्धि विशेष दख्खल राख्ने उनको भनाई छ ।

सन् २००६देखि ओपोसंग आवद्ध एलेन वु डिस्ट्रिब्यूटर नेटवर्क कन्स्ट्रक्सन एण्ड मोबाइल प्रडक्ट मार्केटिङका ईन्चार्ज समेत रहेका थिए । उनी चाइना मार्केटिङ एण्ड सेल्सको ईन्चार्ज रहँदा ओपो चीनको उत्कृष्ट स्मार्टफोन ब्राण्ड मध्ये एकका रुपमा स्थापित हुनुका साथै विक्रि प्रदर्शनीका साथै ब्राण्ड बिल्डिङमा समेत कम्पनीले उल्लेख्य सफलता हात पारेको थियो ।

उनलाई प्रदान गरिएको नयाँ भुमिकामा एलेनले वैश्विक स्मार्टफोन ब्राण्ड मध्य अग्रणी ब्राण्डका रुपमा ओपोको स्थान सुदृढ बनाउँदै लैजाने, नयाँ बजार प्रवेश तथा विद्यमान अन्तरारष्ट्रिय ब्यापारमा थप विकास तथा सुधार गर्ने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी ओपो सह उपाध्यक्ष, ओपो ईन्डिया अध्यक्षका रुपमा चार्ल्स वोङ्लाई नियुक्त गरिएको छ । उनले एलेन वुलाई रिपोर्ट गर्नेछन् ।

कम्पनीको बृद्धि योजना र भारतिय बजारमा ओपोले लिइरहेको गतिका आधारमा उनले नियुक्ति लिएका हुन् । चार्ल्सले मार्केटिङ एण्ड सेल्स क्षेत्रमा करिव २ दशकको अनुभव संगालेका छन् । भारतमा ओपोको विस्तारलाई दिशा दिई बजारमा अग्रणी बन्ने कम्पनीको लक्ष्य पूरा गर्न उनले योजना बनाउनुका सार्थक सिपको प्रयोग गर्ने जानकारी दिइएको छ ।

‘भारतिय मोबाइल बजार तिब्र गतिमा विस्तार भइरहेको छ । उपभोक्तालाई उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्दै बजारमा ब्राण्डको उपस्थितीलाई थप मजबुत बनाउँदै लैजानु मेरो उद्देश्य हुनेछ,’ नियुक्तिका बारेमा वोङले भने ।

प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १४ जेष्ठ २०७५, सोमबार