Technology Khabar ६ चैत्र २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं, ६ चैत । सेञ्चुरी कमर्सियल बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्सको सम्झौता भएको छ ।
सम्झौताअनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट सो कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।
सो सम्झौता पत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किसोर प्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।
प्रकाशित: ६ चैत्र २०७४, मंगलवार