दोहोरो अंकको बृद्धिसहित ‘ओपो’ दक्षिण पूर्वी एसियामा दोस्रो स्थानमा

  • Technology Khabar | २४ फाल्गुन २०७४, बिहीबार
दोहोरो अंकको बृद्धिसहित ‘ओपो’ दक्षिण पूर्वी एसियामा दोस्रो स्थानमा

काठमाडौं ।

काठमाडौं, २४ फागुन । मार्केट रिसर्च फर्म ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)द्वारा सार्वजनिक ताजा रिपोर्टका अनुसार सन् २०१७मा २९ प्रतिशतको ‘डबल डिजिट’ बृद्धिदर दर्ता गर्दै दक्षिण पूर्वी एसियाली क्षेत्रमा बार्षिक स्मार्टफोन सिपमेन्ट्सका आधारमा ओपोले (Oppo) दोस्रो स्थान सुनिश्चित गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।

‘क्वाटर्ली मोबाइल फोन ट्र्याकर’ मा ईन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स, थाइल्याण्ड र भियतनामलगायत बजारहरु समाबेश गरिएका छन् ।

सन् २००९मा पहिलो अन्तर्राष्ट्रिय बजारकारुपमा थाइल्याण्डमा शुरु गरेसँगै ओपोले स्थानिय उपभोक्ताको चाहना अनुरुपका उत्पादनहरु उपलब्ध गराउँदै यस क्षेत्रमा तिब्र बृद्धिदर हात पार्दै आएको छ ।

ओपोको स्थानीयकरण योजना अनुसार कम्पनीले यूवा उपभोक्ताहरुको चाहना बुझ्दै तिनलाई सुन्दर तथा फेशनेबल डिजाइनमा नवप्रबर्तनात्मक अत्याधुनिक प्रविधि सुसज्जित उत्पादन उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।

साथै, भविष्यका लागि अत्याधुनिक मोबाइल प्रविधिकारुपमा रहेको फाइभजी कनेक्टिभिटीलाई दृष्टिगत गर्दै ओपोले दक्षिण पूर्वी एसियामा अझ आकर्षक तथा उपयोगी उत्पादन पस्कँदै जाने योजना बनाएको कम्पनीले जनाएको छ ।

प्रकाशित: २४ फाल्गुन २०७४, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • २४ फाल्गुन २०७४, बिहीबार