Technology Khabar २४ माघ २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं, २४ माघ । नेपालकै पहिलो भुक्तानी सेवा प्रदायकका रूपमा लाइसेन्स प्राप्त कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा निर्मित तथा सञ्चालित मोबाइल वित्तीय सेवामा आधारित आईएमई पे( IME Pay) ले आफ्नो बी टु बी सेवा सुरु भएको घोषणा गरेको छ ।
आईएमई पे मूलत: एजेन्टको मद्दतबाट अथवा सेवाग्राही स्वयंले विभिन्न किसिमका भुक्तानी गर्न सहयोग गर्ने लक्ष्य सहित निर्मित मोबाइल वित्तीय सेवा भए तापनि, आईएमई पे ले देशव्यापी रूपमा सम्भावित व्यवसायहरूलाई आईएमई पे का टच पोइन्टहरूको सञ्जालमा जोडिनका लागि “आईएमई पे गरौँ, व्यवसाय बढाऔँ” भन्ने नारा सहित आफ्नो बी टु बी सेवा सञ्चालन गर्ने भएको छ ।
बी टु बी सेवाको सुरुवातसँगै, आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी गर्ने अनि समय र पैसाको वचत गर्दै सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधाहरू समेत थुप्रै भुक्तानी सम्बन्धी सेवाहरू उपलब्ध गराउन सक्नेछन् ।
आईएमई पे का टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इन र क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् । आईएमई पे को टच पोइन्टले कम्प्युटरको प्रयोग गरेर आईएमई पे वेब पोर्टल मार्फत् अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एप मार्फत् पनि यस्ता सेवाहरू प्रदान गर्न सक्दछन् ।
जी टु पी (G2P), पी टु जी (P2G) र पी टु पी (P2P) सम्बन्धी भुक्तानीहरूका साथै ग्रामीण/सेवामा न्यून पहुँचयुक्त स्थानमा रहेका सेवाग्राहीहरूलाई सामाजिक सुरक्षा सम्बन्धी रकमको वितरण प्रभावकारी रूपमा सिधै भुक्तानी गर्न समेत आईएमई पे सक्षम रहेको जानकारी दिएको छ ।
आईएमई पे को देशभरि नै १३५०० भन्दा बढी टच पोइन्टसहितको मजबुत सञ्जाल रहेको छ र त्यसमा ७००० भन्दा बढी रेमिटेन्स एजेन्टहरू रहेका छन् । आफ्ना सेवाग्राहीहरूसँत अझ नजिक पुग्नका लागि आईएमई पेले आफ्नो विद्यमान रेमिटेन्स एजेन्टहरूको सञ्जालको दायरा भन्दा बाहिर गैर वित्तीय क्षेत्रको सञ्जालमा समेत आफ्नो क्षेत्रलाई विस्तार गर्ने योजना बनाएको जनाएको छ ।
प्रकाशित: २४ माघ २०७४, बुधबार