प्रभु इन्स्योरेन्सको नयाँसडकमा नयाँ शाखा

  • Technology Khabar | १९ फाल्गुन २०७३, बिहीबार
प्रभु इन्स्योरेन्सको नयाँसडकमा नयाँ शाखा

काठमाडौं ।

काठमाडौं, १९ फागुन । प्रभु इन्स्योरेन्स लिमिटेडले काठमाडौं नयाँसडकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखा उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले बीमा कम्पनीहरुले आफ्नो दायरा फराकिलो बनाउँदै नयाँ/नयाँ बीमा सेवाहरु प्रदान गर्न सुझाव दिए  । उनले अझै ९२/९५ प्रतिशत जनताहरु बीमासेवा लिनबाट बन्चित रहेको भन्दै दुर्गम क्षेत्र लगायतमा सेवा बिस्तार गरि बीमासेवा प्राप्त गर्न बाँकी जनताहरुमा सेवा बिस्तार गर्न आग्रह गरे ।

सोही कार्यक्रममा कम्पनीका उपाध्यक्ष राजेन्द्र मल्लले आगामी दिनमा कम्पनीको पूँजी बृद्धि गर्दै लैजाने योजना अनुरुप कायम चुक्ता पूँजी ३८ करोड ५० लाखको ५० प्रतिशत हकप्रद शेयर निस्काशनको प्रकृया अन्तिम चरणमा रहेको जानकारी दिए । उनले आगामी आ.व.को अन्त्य सम्ममा कम्पनीको चुक्ता पूंजी १०० करोड पु¥याउने बताए । हाल कम्पनीको रिजर्भमा ३५ करोड रहेको जानकारी दिईयो ।

स्थापना भएको नयां शाखाबाट अत्याधुनिक बीमा व्यवस्थापन सफ्टवेयर मार्फत बीमालेख जारी तथा बीमितहरुलाई दावी भुक्तानी गर्न सहज हुने बताएको छ । यससंगै कम्पनीको शाखा संख्या २० पुग्नुका साथै कम्पनी २० वर्ष पूरा गरी २१ औ वर्षमा सञ्चालन भैरहेको जनाएको छ ।

प्रकाशित: १९ फाल्गुन २०७३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मोटोरोलाले ग्लोबल कनेक्ट ईसिम एप लन्च गर्यो

  • Technology Khabar
  • १९ फाल्गुन २०७३, बिहीबार