फुटवेयर विजनेश एक्स्पो–२०१७ शुरु

  • Technology Khabar | १५ पुष २०७३, शुक्रबार
फुटवेयर विजनेश एक्स्पो–२०१७ शुरु

काठमाडौं ।

काठमाडौं, १५ । नेपाली जुत्ता घरको आयोजनामा फुटवेयर विजनेश एक्स्पो २०१७ भृकुटी मण्डपको प्रदर्शनी स्थलमा शुरु भएको छ । नेपालको एक मात्र जुत्ता विशेष पसल चेन नेपाली जुत्ताघरको आयोजनामा शुरु भएको यस मेलाको उद्घाटन स्वास्थ्य मन्त्री गगन कुमार थापाले गरेका थिए ।

मन्त्री थापाले कच्चा पदार्थ निर्यात एवं कच्चा पदार्थ उत्पादनको क्षेत्रमा सहयोग गर्न सके मात्र पनि यस उद्योगले ठुलो फड्को मार्ने र सो बाट राज्यले समेत ठुलो राजस्व आर्जन गर्न सक्ने विश्वास व्यक्त गरे। सो अवसरमा मन्त्री थापाले छाला रहित मासु मात्र बिक्रि वितरणमा राख्ने व्यवस्था लागु गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली जुत्ता घरका संयोजक रामकृष्ण प्रसाईले बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि तयारी जुत्ता चप्पलहरुको आयातलाई न्युनिकरण गर्न सहयोग पुर्याउनु नै एक्स्पोको प्रमुख उद्धेश्य रहेको जानकारी दिए ।

शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सफ्ट टच, फुटल्याण्ड, ईजी सुज् जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् । यो एक्स्पोमा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष रहेको छ ।

शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, लेदर विड्डस, टाकुरा सुज, सफटच र शु ल्याण्ड गरि ९ वटा ब्राण्डका जुत्ता चप्पलहरुको सामुहिक प्रयासमा सम्भवतः देशकै सवैभन्दा ठुलो लगानी र ठुलो जुत्ता चप्पलहरुको बिक्रि कक्ष जमल स्थित राष्ट्रिय नांचघरको पहिलो तलामा नेपाली जुत्ता घर प्रा.लि.को नामबाट बि.सं २०६९ मा स्थापना भएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित: १५ पुष २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Korea showcases AI-powered drone technology, fires 600-mm ‘Sniper’ rocket launcher

  • Technology Khabar
  • १५ पुष २०७३, शुक्रबार