‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’, ५० हजार रुपैयाँ जित्ने मौका

  • Technology Khabar | १७ चैत्र २०७८, बिहीबार
‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’, ५० हजार रुपैयाँ जित्ने मौका

काठमाडौं ।

खल्ती डिजिटल वालेट ‘खल्ती लेख-स्टार’ को खोजीमा हिँडेको छ, जसअन्तर्गत ३ जनाले रु. ५० हजार, २५ हजार र २५ हजार जित्न सक्नेछन्।

‘खल्ती लेख-स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट)  खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ।

इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर,कविता, उखान टुक्का, ट्याग लाइन्स , र्याप आदि मार्फत् सोसल मिडियामा प्रस्तुत गरी #KhaltiLekhstar राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ। पोस्ट गरेपश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइनेछ। यो प्रतियोगिता चैत्र १५, २०७८ देखि बैशाख १४, २०७९ सम्म लागु हुनेछ।

यस अफर अन्तर्गत घोषित बिजेताले निम्न अनुसारको पुरस्कारहरू प्राप्त गर्ने छन् :

पुरस्कारबिजेता
प्रथम पुरस्काररू. ५०,०००१ जनालाई
दोस्रो पुरस्काररू. २५०००१ जनालाई
तेस्रो पुरस्काररू. १५०००१ जनालाई
सान्त्वना पुरस्काररू. ५,०००५ जनालाई

यसका साथै ३ जना बिजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउने कम्पनीले जनाएको छ।

यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने : “‘खल्ती’ शब्द आफैंमा हरेक व्यक्तिको दैनिक जीवनसँग आबद्ध शब्द भईसकेको छ। यस कुरालाई मध्यनजर गर्दै  ‘खल्ती लेख-स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौसला दिने उद्देश्यले यो योजना ल्याएका छौं। यस प्रतियोगितामा आबद्ध हुने सबै आह्वान गर्छु।”

प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...