प्रतिबन्धपछि इन्स्टाग्रामको ‘दु:खी’ भर्सन ल्याउने तयारीमा रुस

  • Technology Khabar | १७ चैत्र २०७८, बिहीबार
प्रतिबन्धपछि इन्स्टाग्रामको ‘दु:खी’ भर्सन ल्याउने तयारीमा रुस

काठमाडौं ।

रुसले प्रतिबन्ध लगाइएपछि इन्स्टाग्रामको विकल्पका रुपमा नयाँ ‘दु:खी’ एप सार्वजनिक गर्ने भएको छ।

हालै निराशलाग्दो श्याम-श्वेत रंगको एपले यूजरहरुलाई दु:खद् फोटोहरु पोस्ट गर्न आग्रह गरेको छ। उक्त एप रुसमा यसै हप्ता सार्वजनिक गर्ने यसका सर्जकलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

उक्त एप सार्वजनिक गर्नुको पछाडि अमेरिकी फोटो शेयरिङ एप इन्स्टाग्राम लगायतका चर्चित सेवाहरु गुमाउनुपरेको पीडा अभिव्यक्त गर्नु रहेको बुझिएको छ।

रुसले गत मार्च १४ मा इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको थियो र त्यसको लगत्तै उसको मूल कम्पनी मेटाले पनि अतिवादि गतिविधि गरेको भन्दै त्यसलाई पनि प्रतिबन्ध लगाएको थियो।

मस्कोले गत फेब्रुअरी २४ मा यूक्रेनमा सेना पठाएपछि फेसबुक, गुगल लगायतका ठूला प्रविधि कम्पनीले प्रचार प्रसार गरिरहेका जानकारीहरुमा चित्त बुझाइरहेको थिएन।

यसै हिसाबले यी एपहरु रुसमा प्रतिबन्ध गरेको थियो।

प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार