चिप निर्माता आर्मलाई प्राप्त गर्न कन्सोर्टियम गठनको समीक्षा गर्दै एसके हाइनिक्सका सीईओ

  • Technology Khabar | १७ चैत्र २०७८, बिहीबार
चिप निर्माता आर्मलाई प्राप्त गर्न कन्सोर्टियम गठनको समीक्षा गर्दै एसके हाइनिक्सका सीईओ

काठमाडौं ।

दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्सका सीईओले बुधबार उनीहरूले बेलायती सेमीकण्डक्टर कम्पनी आर्म लिमिटेडलाई प्राप्त गर्न रणनीतिक लगानीकर्ताहरूसँग एक कन्सोर्टियम गठन गर्ने विचार गरिरहेको बताएका छन्। कोरियाली चिप निर्माता एसकेको सो जानकारी योनहाप समाचार एजेन्सीले रिपोर्ट गरेको छ।

एसके हाइनिक्सका उपाध्यक्ष र सह-सीईओ पार्क जंग-होको टिप्पणीको अर्थ कम्पनीको वार्षिक सेयरधनीहरूको बैठक पछि पत्रकारहरुको प्रश्नको जवाफको रूपमा सैद्धान्तिक समीक्षा हो, र यसले कुनै विशेष योजना वा कुनै चलिरहेको समीक्षालाई सन्दर्भ नगर्ने कम्पनीले बताएको छ।

“हामी सम्भावित रूपमा यसलाई प्राप्त गर्न रणनीतिक साझेदारहरूसँग मिलेर एक कन्सोर्टियम गठनको समीक्षा गर्दैछौं,” एसके हाइनिक्सका उपाध्यक्ष तथा सीईओ पार्क जंग-होले भने, “मलाई विश्वास लाग्दैन कि आर्म एउटा कम्पनी हो जसलाई कुनै एक कम्पनीले किन्न सक्छ,”

अघिल्लो दिन, एसके हाइनिक्सलाई स्थानीय चिपमेकर ‘की फाउन्ड्री’को अधिग्रहणलाई अगाडि बढाउन दक्षिण कोरियाको एन्टिट्रस्ट नियामकले अनुमोदन गरेको थियो।

सो सम्झौताको उद्देश्य यसको चिप निर्माण क्षमतालाई पुनर्जीवित गर्ने थियो, जसले यसको व्यवसायको सानो भाग लिन्छ।

यसअघि आर्मलाई खरिद गर्ने प्रक्रिया शुरु गरेको अमेरिकी चिप कम्पनी एनभिडियालाई नियामकहरुले अनुमति नदिँदा सो प्रक्रिया नै टुटेको थियो। नियामकहरुले सो डिलले बजारमा प्रतिस्पर्धालाई नियन्त्रण गर्ने आरोप लगाएका थिए।

सफ्टबैंकको लगानी रहेको आर्म हाल पब्लिकमा जाने तयारी गर्दैछ र छिटै शेयर सार्वजनिक हुनेछ।

प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार