एप स्टोर सम्बन्धमा एप्पलमाथि नेदरल्याण्ड्समा साढे ५ करोड डलर बराबरको मुद्दा

  • Technology Khabar | १७ चैत्र २०७८, बिहीबार
एप स्टोर सम्बन्धमा एप्पलमाथि नेदरल्याण्ड्समा साढे ५ करोड डलर बराबरको मुद्दा

काठमाडौं ।

नेदरल्याण्ड्सको एउटा संस्थाले एप्पलविरुद्ध साढे ५ करोड डलर बिगो माग गर्दै मुद्दा दायर गरेको छ।

एक प्रेस विज्ञप्ति जारी गर्दै डच कन्जुमर कम्पिटिशन क्लेम्स फाउन्डेशन नामक उक्त संस्थाले कम्पनीको एकलौटी व्यवहारका कारण एप स्टोर डेभलपर शुल्कले साढे ५ अर्ब घाटा लगाएको भन्दै बिगो बराबरको रकम माग गर्दै मुद्दा दायर गरेको हो।

यूरोपियन यूनियनभित्रका कुनै पनि आईफोन र आईप्याड यूजरले सशुल्क एप डाउनलोड गरेको वा इन एप पर्चेज गरेका भए ती सबैको प्रतिनिधित्व हुने गरी  उजुरी गरिएको इन्ग्याजेटले जनाएको छ।

एप स्टोरका बारेमा डेभलपरका तर्फबाट नभई उपभोक्ताका तर्फबाट एप्पलमाथि उजुरी गर्नु अलिक अनौठो रहेको बुझिएको छ।

एप्पल ट्याक्सले डेभलपरहरुलाई विशेष बेफाइदा भएको छ। गएको जनवरीमा मातेर पनि एप्पलले यसै सम्बन्धमा अमेरिकी डेभिपलरहरुसँग १० करोड डलरको क्लास एक्शन मुद्दा टुंग्याउन राजी हुनु परेको थियो।

*हेडलाइन सच्याईएको

प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...