एएस मोनाको फुटबल क्लब क्यापिटल ब्लक साझेदारीमार्फत् क्रिप्टो क्षेत्रमा प्रवेश

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
एएस मोनाको फुटबल क्लब क्यापिटल ब्लक साझेदारीमार्फत् क्रिप्टो क्षेत्रमा प्रवेश

काठमाडौं ।

फ्रेन्च क्लब एएस मोनाकोले एनएफटी डेभलप गर्न क्यापिटल ब्लकसँग साझेदारी गर्ने भएको छ।

क्लबले मंगलबार उक्त साझेदारी घोषणा गर्दै क्रिप्टोकरेन्सी तथा डिजिटल मुद्राका क्षेत्रमा हात हाल्दै गरेका फुटबल क्लबको सूचीमा आफूलाई उभ्याएको रोयटर्सले उल्लेख गरेको छ।

‘एएस मोनाकोले एनएफटी परामर्शदातृसँग काम गर्ने भएकाले यो पहिलो फ्रेन्च फुटबल क्लब हुने साथै यसले मोनाकोको स्थानीय क्लबलाई एनएफटी बजारको ज्ञान लिएर सफल र दीगो सिर्जनाहरु तयार पार्न पनि सहयोग गर्नेछ’, क्यापिटल ब्लकका सीईओ टिम म्याङ्नलले विज्ञप्तिमा उल्लेख गरेका छन्।

कोभिड-१९ का कारण खेलाडी तथा क्लबहरुको आय आर्जनमा निकै गिरावट आएका कारण पछिल्लो समय विश्वका थुप्रै क्लबहरुले डिजिटल मुद्रा जारी गरिरहेका छन्। एएस मोनाकोले पनि सोही पदचाप पछ्याएको देखिन्छ।

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार