चीनमा २०२५ सम्म लगभग ९० करोड फाइभजी कनेक्सन हुने जीएसएमएको प्रक्षेपण

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
चीनमा २०२५ सम्म लगभग ९० करोड फाइभजी कनेक्सन हुने जीएसएमएको प्रक्षेपण

काठमाडौं ।

मोबाइल अपरेटरहरूको अन्तर्राष्ट्रिय सङ्गठन जीएसएमएले हालै गरेको विश्लेषणअनुसार २०२५ को अन्त्यसम्ममा चीनमा ५जी कनेक्सनको संख्या ८९ करोड २० लाख पुग्ने अपेक्षा गरिएको छ।

केही चिनियाँ प्रान्त र सहरहरूले हाल कोभिड १९ प्रकोपसँग लडिरहेका समयमा पनि करिब ६ महिना अघि जीएसएमएले विश्व इन्टरनेट सम्मेलन वुजेन समिटमा गरेको प्रक्षेपणभन्दा यो संख्या बढी भएको सिन्ह्वाले रिपोर्ट गरेको छ।

एसोसिएसनको पछिल्लो प्रतिवेदन “द मोबाइल इकोनोमी चाइना २०२२” अनुसार, २०२१ को अन्त्यमा ५० प्रतिशतभन्दा बढी फाइभजी जडान भएको चिनियाँ मुख्य भूमिमा बलियो ५जी मागले यसलाई विश्वको सबैभन्दा ठूलो फाइभजी बजार बनाएको छ।

जीएसएमएको लागि ग्रेटर चाइनाका प्रमुख सिहान बो चेनले भने, “चीन फाइभजीको लागि अग्रणी बजारहरू मध्ये एक हो र यसले उद्योगहरूको डिजिटल रूपान्तरणलाई गति दिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।”

समाचार रिपोर्टकाअनुसार मार्चको सुरुसम्ममा, चीनमा करिब १४ लाख ३० हजार फाइभजी बेस स्टेशनहरू र ५० करोडभन्दा बढी फाइभजी प्रयोगकर्ताहरू थिए। देशले यस वर्ष ५जी बेस स्टेशनहरूको संख्या २० लाख भन्दा माथि सुनिश्चित गर्न काम गर्ने आधिकारिक तथ्याङ्कले देखाएको छ।

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...