
काठमाडौं ।
भारतको दिल्ली विधानसभा अब पूर्णतया पेपरलेस हुने भएको छ। दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले यस विषयमा ट्वीटमार्फत जानकारी दिएका छन्।
विधानसभामा राख्नु पर्ने सबै कागजात अब ई–पेपरको रुपमा मात्रै टेबुलमा राखिने उनले बताए। प्रत्येक अधिवेशनमा लाखौं पृष्ठका कागजपत्र सदनमा राखिन्छन्, जसलाई अब सफ्ट–कपीमा मात्रै राखिनेछ।
भारतीय मिडियाहरुकाअनुसार यसका लागि सबै विधायकहरूलाई ई-प्याड दिइएको छ जसले गर्दा दिल्ली विधानसभाको सम्पूर्ण कार्यवाही डिजिटल मोडमा गर्न सकियोस्। दिल्ली विधानसभालाई पेपरलेस बनाउन २० करोड भारुको बजेट व्यवस्था गरिएको बताईएको छ।
दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले ट्वीट गर्दै भनेका छन्, “दिल्ली विधानसभा अब पूर्ण रूपमा पेपरलेस हुनेछ। सदनमा राखिने सबै कागजातहरू अब ई-पेपरको रूपमा मात्र टेबलमा राखिनेछ। प्रत्येक अधिवेशनमा लाखौं पृष्ठका कागजपत्र सदनमा राखिन्छन्, जसलाई अब सफ्ट–कपीमा मात्रै राखिनेछ।”
सबै विधायकहरूलाई ई-प्याड प्रदान
आम आदमी पार्टीका विधायक सोमनाथ भारतीले पनि विधानसभा अध्यक्ष रामनिवास गोयलको यस पहलको प्रशंसा गर्दै दिल्ली विधानसभामा धन्यवाद प्रस्ताव पेश गरेका थिए। यसपटकको बजेट पूर्णरुपमा ई–बजेट राखिएको थियो।
यसका लागि दिल्लीका सबै विधायकहरूलाई ई-प्याड दिइएको छ जसले गर्दा दिदिल्ली विधान सभाको सबै कार्यवाही म्यानुअलको सट्टा डिजिटल मोडमा गर्न सकोस्। यस परियोजनामा सांसदहरूले सदनको कार्यवाहीमा भाग लिन सक्ने सुविधाको निर्माण पनि समावेश छ। यसले कागजविहीन हुँदा गति र दक्षताका लागि म्यानुअलबाट वेब-आधारित डिजिटल समाधानहरूमा एसेम्बली अपरेशनहरू रूपान्तरण गर्ने लक्ष्य राख्ने मिडिया रिपोर्टहरुमा उल्लेख छ।
प्रकाशित: १६ चैत्र २०७८, बुधबार