
काठमाडौं ।
चीनको एभरग्रान्डे न्यू इनर्जी भेहिकल ग्रुपले पहिलो विद्युतीय कारको अर्डर स्विकार गर्न थाल्ने भएको छ।
हेङ्ची ५ नाम गरेको एसयूभीको अर्डर लिन तुरुन्तै शुरु गर्ने र उक्त कार बिक्रीका लागि देशभरका १५ शहरमा बिक्री केन्द्र खोल्ने पनि बुझिएको छ।
ग्रुपको इलेक्ट्रिक भेहिकल डिभिजनका अध्यक्ष लिउ यङझुओले हालै विश्वका २ सय पार्टपुर्जा आपूर्तिकर्ता सहभागी एउटा अनलाइन बैठकमा कम्पनीले उक्त गाडीको अर्डर लिन थालेको बताएका उक्त संस्थाको आधिकारिक विच्याट एकाउन्टलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
उक्त सोसल मिडिया पोस्टमा उक्त अर्डर कुन मितिबाट लिन थालिने भन्ने उल्लेख गरिएको छैन।
उक्त ईभी कम्पनीले बाहिरी लगानी सुरक्षित गर्न संघर्ष गरिरहेकाले यो निर्णय आएको बुझिएको छ।
आफूहरु लगानीकर्ता ल्याएर यो डिभिजनको आर्थिक अवस्था सबल बनाउन लागिपरेको एभरग्रान्डेले गत हप्ता आफ्ना विद्यमान लगानीकर्ताहरुलाई जानकारी गराएको रोयटर्सले लेखेको छ।
प्रकाशित: १६ चैत्र २०७८, बुधबार