चिनियाँ अन्तरिक्ष स्टेशन कोर मोड्युलबाट छुट्टियो तियान्झोउ-२ कार्गो यान

  • Technology Khabar | १४ चैत्र २०७८, सोमबार
चिनियाँ अन्तरिक्ष स्टेशन कोर मोड्युलबाट छुट्टियो तियान्झोउ-२ कार्गो यान

काठमाडौं ।

चीनको कार्गो अन्तरिक्ष यान तियान्झोउ-२ आइतबार दिउँसो चिनियाँ अन्तरिक्ष स्टेशनको कोर मोड्युलबाट अलग भएको चाइना म्यान्ड  स्पेस एजेन्सीले घोषणा गरेको छ।

चिनियाँ समयअनुसार दिउँसो ३:५९ बजे, तियान्झोउ-२ ले आफ्नो निर्धारित कार्यहरू पूरा गरेर तियाङगोङ अन्तरिक्ष स्टेशनको कोर मोड्युल छोडेको एजेन्सीले जनाएको छ।

कक्षमा यसको सञ्चालनको क्रममा, तियान्झोउ-२ ले कयौं विस्तारित एप्लिकेसनहरु परीक्षणहरूको एक श्रृंखला सम्पन्न गरेको थियो। “यो अहिले राम्रो अवस्थामा छ, र पृथ्वीको नियन्त्रणमा उपयुक्त समयमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेछ,” एजेन्सीले भनेको छ।

तियान्झोउ-२ चीनको अन्तरिक्ष स्टेशनको मुख्य प्रविधि प्रमाणिकरण चरणमा अन्तरिक्षमा पठाइएको पहिलो कार्गो जहाज हो।

चिनियाँ अन्तरिक्ष स्टेशनको लागि ६.८ टन आपूर्ति बोकेको यो यान मे २९, २०२१ मा दक्षिणी टापु प्रान्त हाइनानको तटमा रहेको वेनचाङ स्पेसक्राफ्ट प्रक्षेपण साइटबाट प्रक्षेपण गरिएको थियो।-सिन्ह्वा

प्रकाशित: १४ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार