तेल कम्पनी बीपीले बेलायती ईभी चार्जिङमा १ अर्ब पाउण्ड खर्च गर्ने

  • Technology Khabar | १३ चैत्र २०७८, आईतवार
तेल कम्पनी बीपीले बेलायती ईभी चार्जिङमा १ अर्ब पाउण्ड खर्च गर्ने

काठमाडौं ।

तेलको प्रमुख कम्पनी बीपी पीएलसीले बेलायतको हरित उर्जाको बढ्दो मागलाई पूरा गर्न आगामी दशकमा देशमा विद्युतीय सवारी साधन चार्जिङमा १ अर्ब पाउन्ड (१.३२ अर्ब डलर) लगानी गर्ने योजना रहेकोबताएको छ।

तेलबाट टाढिँदै पावर बजार र विद्युतीय सवारीका वरिपरि सञ्चालन विस्तार गर्न खोजेको कम्पनीले जनवरीमा यसको द्रुत विद्युतीय सवारी चार्जरहरू पेट्रोल कार भर्नु भन्दा बढी नाफा कमाउने लक्ष्यमा भएको बताएको थियो।

समूहले आफ्नो ईभी चार्जिङ व्यवसाय बीपी पल्स मार्फत गरिने लगानीले बेलायतको नेटवर्कमा सार्वजनिक चार्जिङ प्वाइन्टको संख्या तीन गुणा बढाउन मद्दत गर्ने बताएको रोयटर्सले उल्लेख गरेको छ।

“मलाई खुशी छ कि बीपी पल्सले क्लिनर सवारी साधनहरूमा संक्रमणलाई समर्थन गरिरहेको छ किनकि हामी हाम्रो नेट-शून्य महत्वाकांक्षामा गति लिन्छौं र बेलायतभरि ग्रीन इम्प्लोयमेन्टका अवसरहरूलाई बढावा दिन्छौं,” बेलायती यातायात मन्त्री ग्रान्ट शाप्सले एक विज्ञप्तिमा भने।

प्रकाशित: १३ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार