भारतीय क्रिकेट लिग आईपीएल २०२२ शुरु हुँदै, यी प्लेटफर्महरुबाट हेर्नुस् लाइभ

  • Technology Khabar | १२ चैत्र २०७८, शनिबार
भारतीय क्रिकेट लिग आईपीएल २०२२ शुरु हुँदै, यी प्लेटफर्महरुबाट हेर्नुस् लाइभ

काठमाडौं ।

चर्चित भारतीय क्रिकेट लिग आईपीएल २०२२ आजदेखि शुरु हुँदैछ। नेपाली क्रिकेट फ्यानहरुका बिचमा पनि आईपीएल निकै लोकप्रिय रहेको छ।

यो सिजन आज शनिबार साँझदेखि सुरु हुँदैछ। पहिलो खेल नयाँ कप्तान रविन्द्र जडेगाको नेतृत्वमा रहेको चेन्नई सुपर किंग्स र गत वर्षको उपविजेता कोलकाता नाइट राइडर्सबीच हुनेछ। आईपीएल को १५ औं सिजनका लागि थप दुई नयाँ फ्रेन्चाइजीहरू पनि थपिएका छन्, जसमा लखनऊ सुपर जायन्ट्स र गुजरात टाइटन्सको नामहरू समावेश छन्। यो कुल १.७ अर्ब डलरको खेल प्रतियोगिता भएको मिन्ट डटकमले जनाएको छ।

आईपीएल २०२२ को सम्पूर्ण समूह चरण भारतका महाराष्ट्र, मुम्बई, नवी मुम्बई र पुणेमा चार स्थानहरूमा खेलाइनेछ।

अब तपाईलाई आईपीएल २०२२ लाई लाइभ कसरी हेर्ने? भन्ने पक्कै पनि प्रश्न आएको होला।

छिमेकी देश भारतमा डिज्ने प्लस हटस्टार (Disney+ Hotstar) आईपीएल २०२२ खेलहरूको लाइभ स्ट्रिमिङको लागि आधिकारिक स्ट्रिमिङ साझेदार हो। भारतमा आईपीएल खेलहरू हेर्ने सबैभन्दा सस्तो तरिका डिज्ने प्लस हटस्टार मोबाइल सदस्यता प्रति वर्ष भारु ४९९ मा उपलब्ध छ।

यस बाहेक भारतमा जीयो, भी र एयरटेल लगायत टेलिकम कम्पनीहरूले विशेष क्रिकेट योजनाहरू प्रस्ताव गर्छन् जुन प्रयोगकर्ताहरूका लागि डिज्ने प्लस हटस्टार मोबाइल सदस्यताको साथ आउँछन्।

नेपालमा पनि आईपीएलका प्रशंसकहरु रहेका छन्। त्यसैले हामी तपाईलाई घरमै बसेर कसरी आईपीएल २०२२ को मजा लिन सक्नुहुन्छ भनेर जानकारी दिने प्रयासमा छौं।

आईपीएल २०२२ का खेलहरू नेपालसहितका अन्य देशहरुमा कसरी हेर्ने ?

अघिल्लो सिजन जस्तै यस पटक पनि आईपीएलको विश्वव्यापी प्रसारण यूप टिभी (YuppTV) ले गर्नेछ। यसले मोबाइल स्ट्रिमिङ्गसमेत दिनेछ। अष्ट्रेलिया, श्रीलंका, नेपाल, जापान, अफगानिस्तान जस्ता देशका क्रिकेट फ्यानहरूले यस मोबाइल प्लेटफर्ममा लाइभ म्याच हेर्न सक्छन्।

क्रिकेट फ्यानहरूले आईपीएस २०२२ का सबै खेलहरूको लाइभ क्रिकेट एक्शन भारतीय च्यानलहरु स्टार स्पोर्टस १, स्टार स्पोर्टस १ एचडी, स्टार स्पोर्टस ३ र स्टार स्पोर्टस ३ एचडी च्यानलहरूमा हेर्न सक्छन्। यी मध्ये अधिकांश च्यानलहरु नेपाली केबुल वा टिभी सेवा प्रदायकहरुले प्रदान गर्दै आएका छन्।

यदि तपाईँ नेपालमा नै आधारित र इन्टरनेट सेवा लिईरहनुभएको छ भने नेट टिभि र सिम टिभीमा पनि आईपीएल २०२२ को लाइभ हेर्न सकिनेछ।

त्यस्तै नेपालमा पनि डिज्ने प्लस हटस्टारको सेवा उपलब्ध रहेको टाइम्सअफ स्पोर्टसले दाबी गरेको छ। तर हामीले हेर्दा यो एप नेपालका लागि उपलब्ध छैन्।

यूप टिभी भने नेपालमा डाउनलोड गर्न सकिन्छ र त्यसमार्फत हेर्न सकिनेछ। तर यसमा सेवा शुल्क करिब १० अमेरिकी डलर मासिक तोकिएको छ।

नि: शुल्क लाइभ क्रिकेट टिभी एप्स

निम्न लाइभ टिभी एपहरूले आईपीएस २०२२ लाइभ स्ट्रिमिङ प्रदान गर्ने दाबी गरेका छन्। यद्यपि, यी आधिकारिक एपहरू होइनन् तर केही देशहरूमा काम गरिरहेका छन्। तर यस्ता एपहरुले डाटा चोर्ने वा अधिक विज्ञापन गर्ने किसिमका हुनसक्दछन् र त्यसमा सतर्कता अपनाउनु पर्दछ।

  • ओरियोटिभी लाइभ (OreoTV Live)
  • थोप लाइभ क्रिकेट(Thop Live Cricket)
  • लाइभ नेटटिभी (Live NetTV)
  • पिकाशो (PikaShow)
  • एचडी स्ट्रिम्ज एपीके (HD Streamz APK)
  • एओएस टिभी (AOS TV)

प्रकाशित: १२ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार