
काठमाडौं ।
वनप्लसका सह-संस्थापक कार्ल पेइको कम्पनी नथिङले गत वर्ष आफ्नो पहिलो टीडब्लुएस ‘नथिङ ईयर १(Nothing Ear 1)’ लन्च गरेको थियो। अब यो कम्पनीले नयाँ स्मार्टफोनसँगै नथिङ ओएस र यसको इकोसिस्टम ल्याउने घोषणा गरेको छ।
बुधबार एक भर्चुअल कार्यक्रममा कम्पनीले यो जानकारी दिएको हो। कम्पनीले कुनै पनि उत्पादनहरूको बिस्तृतरुपमा खुलासा नगरे पनि, यसले आफ्नो आगामी स्मार्टफोन नथिङ फोन (१) र अपरेटिङ सिस्टम- नथिङ ओएस बाहेक इकोसिस्टमको एक झलक दिएको छ।
कम्पनीका संस्थापक कार्ल पेईले यो वर्ष अर्थात् २०२२ को गर्मीमा आफ्नो पहिलो स्मार्टफोन नथिङ फोन (१) सार्वजनिक गर्ने बताए। यो स्मार्टफोनले प्रयोगकर्तालाई सफा अनुभव दिने दाबी गरिएको छ। कार्लले नथिङ फोन (१) एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने र यसमा नथिङ ओएस लेयर हुने बताए।
नथिङ ओएस स्मार्टफोनमा मात्र नभई अन्य इकोसिस्टम उपकरणहरूमा पनि निर्बाध रूपमा काम गर्ने कार्यक्रममा बताईएको थियो। नथिङ ओएसमा प्रि-इन्स्टल गरिएका एपको संख्या बाँकीभन्दा ४० प्रतिशतले कम हुने कम्पनीको दाबी छ।
नथिङ ओएससँग यसको आफ्नै भ्वाइस रेकर्डर हुनेछ साथै विजेटहरू र स्मूथ एनिमेसनहरू पनि हुनेछन्। प्रयोगकर्ता इन्टरफेसमा ब्ल्याक एंड वाइट हुने अपेक्षा गरिएको छ। कम्पनीले आफ्नै लन्चर पनि ल्याउनेछ, जसलाई नथिङ ओएस लन्चर भनिनेछ। यो अर्को महिना चयन स्मार्टफोनका लागि लन्च हुनेछ।
कम्पनीले प्रयोगकर्तालाई डिभाइसको कार्यसम्पादनका हिसाबले पनि उत्कृष्ट उपलब्ध गराउने भएको छ। कम्पनीले चिपसेट निर्माता क्वालकमसँग साझेदारीको घोषणा गरेको छ। तदनुसार, यो आशा गर्न सकिन्छ कि क्वालकमको प्रोसेसर नथिङ फोन (१) मा देख्न सकिन्छ।
कम्पनीले आफ्नो आगामी फोनमा ३ वर्षको ओएस अपडेट र ४ वर्षको सेक्युरिटी अपडेट प्राप्त गर्ने पुष्टि गरेको छ।
नथिङको इकोसिस्टमको कुरा गर्दा यसमा नथिङका उत्पादनहरू समावेश हुनेछन्, अन्य धेरै ब्रान्डका उत्पादनहरूलाई पनि स्थान दिइनेछ। कम्पनीले सार्वजनिक लगानीका लागि नथिङ कम्युनिटी पनि घोषणा गरेको छ ।
यसका लागि १० मिलियन अमेरिकी डलर विनियोजन गरी लगानी राउण्ड सञ्चालन गरिनेछ। यस सम्बन्धमा थप जानकारी छिट्टै वेवसाइटमार्फत आधिकारिक रुपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
प्रकाशित: १० चैत्र २०७८, बिहीबार