खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक लिंक गर्दा रू. १०० बोनस पाईने

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक लिंक गर्दा रू. १०० बोनस पाईने

काठमाडौं ।

खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा रू. १०० बोनस पाउने अफर ल्याएको छ। यो अफर  लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको बताईएको छ।

हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन्। तसर्थ, पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ। बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गर्नुपर्छ। यो अफर चैत्र ९ गतेदेखि बैशाख ८ गते सम्म लागु हुने जानकारी दिएको छ।

प्रयोगकर्ताहरूले एक पटक खल्तीमा बैंक लिंक गरिसकेपछि पैसा लोड नगरी केही सेकेन्ड मै भुक्तानी र बैंक ट्रान्सफर गर्न सक्नेछन्। यसले सबैलाई तुरुन्तै विद्युत, पानी, इन्टरनेट, राजस्व र अन्य उपलब्ध सेवाहरूको झन्झटमुक्त भुक्तानी गर्न सक्ने कम्पनीको भनाई छ।

यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने: “‘खल्ती’ मा घरि घरि पैसा राख्ने झन्झटबाट मुक्त गर्न बैंक लिंक सुविधा फाइदाजनक छ। यहि कारण यो सिविधा प्रयोग गर्न प्रोत्साहन गर्न दोस्रो पटक यो अफर ल्याएका हौं। हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो सुविधा पूर्णरूपमा प्रयोग गर्न र उनीहरूको समय बचत गर्न प्रोत्साहित गर्न चाहन्छौं।”

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १० चैत्र २०७८, बिहीबार