डिजिटल कारोबार बारे जानकारी दिन बैंक अफ काठमाण्डुको हेल्पलाइन सेवा

  • Technology Khabar | ९ चैत्र २०७८, बुधबार
डिजिटल कारोबार बारे जानकारी दिन बैंक अफ काठमाण्डुको हेल्पलाइन सेवा

काठमाडौं ।

बैंक अफ काठमाण्डुले ग्राहकहरूको गुनासो सुनुवाइ गर्न हेल्पलाइन सेवा सुरु गरेको छ।

आफ्ना ग्राहलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदानका लागि हेल्पलाइन सेवा सुरु गरेको जनाएको छ।

बैंकको मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड र एटिएमजस्ता कुनै पनि डिजिटल कारोबारमा जिज्ञासा र समस्या भएमा ग्राहक हेल्पलाइन नम्बर ०१-५९१९९११ वा इमेल ठेगाना [email protected] बाट सिधैं सहयोग लिन सक्ने बैंकले उल्लेख गरेको छ।

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरू, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: ९ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार