
काठमाडौं ।
स्पेसएक्सले १२ औं पटक आफ्नो फाल्कन ९ रकेट सफलतापूर्वक प्रक्षेपण गर्यो र त्यसपछि यो पृथ्वीमा फर्कियो, जुन आफैमा किर्तिमान हो। फाल्कन ९ लाई फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट १९ मार्चमा तल्लो-पृथ्वी कक्षमा प्रक्षेपण गरिएको थियो।
रकेटले स्पेसएक्सको स्टारलिंक इन्टरनेटको ५३ ओटा स्याटेलाइट बोकेको थियो। यो फाल्कन ९ पहिलो चरणको १२औं उडान थियो। यसले स्पेसएक्स रकेट पुन: प्रयोगको लागि अघिल्लो रेकर्ड तोडेको छ।
एक ट्वीट मार्फत, स्पेसएक्सले पृथ्वीको तल्लो कक्षमा ५३ ओटा स्याटेलाइट प्रक्षेपण गरेको पुष्टि गरेको छ।
मिशनको वर्णन गर्दै, स्पेसएक्सका प्रतिनिधिहरूले फाल्कन ९ पुन: प्रयोग गर्न सकिने दुई चरण रकेट भएको बताए। “यसले मानिस र अन्य पेलोडहरूलाई लो अर्थ अर्बिटमा र बाहिर लैजान सक्षम छ। यो संसारको पहिलो पुन:प्रयोग गर्न सकिने अर्बिटल रकेट हो। यसको सहयोगले हामी हाम्रो अन्तरिक्ष अभियानको लागत धेरै हदसम्म घटाउन सक्षम भएका छौं।”
प्रक्षेपण पछि, फाल्कन ९ फर्स्ट स्टेज एट्लान्टिक महासागरमा जस्ट रिड द इन्स्ट्रक्शन्स (जेआरटीआई) नामक ड्रोनशिपमा पृथ्वीमा फर्कने क्रममा अवतरण भएको थियो।
प्रकाशित: ७ चैत्र २०७८, सोमबार