
काठमाडौं ।
रुसले आफ्ना नागरिकहरुमाथि धम्कीपूर्ण सामग्री फैलाउन रोक लगाउन गुगललाई आग्रह गरेको छ।
यदि यो क्रम नरोकिए देशमा उक्त प्लेटफर्म नै प्रतिबन्ध हुनसक्ने आकलन गरिएको रोयटर्सले जनाएको छ।
रुसको नियामक संस्था रोस्कम्नाड्जोरले रुस तथा बेलारुसको रेलवे नेटवर्कका लागि सञ्चार प्रणाली आवश्यकतासम्बन्धी यूट्युबमा आउने विज्ञापनहरु रोकिनुपर्ने माग गरेको छ।
प्लेटफर्ममा प्रसारण गर्ने सामग्रीले उक्त कम्पनी रुसविरोधी अमेरिकी कम्पनी भएको पुष्टि गर्ने नियामकको भनाई थियो।
‘यूट्युब प्रशासनको गतिविधि आतंकवादीको जस्तै रहेको छ र उसले रुसी नागरिकहरुको जीवन तथा स्वास्थ्यमाथि धावा बोलिरहेको छ’, नियामकले भनेको छ।
रोस्कोम्नाड्जोरले यस्ता विज्ञपनको विरोध गर्ने बताउँदै यस्ता रुस-विरोधी भिडियोहरु छिटोभन्दा छिटो हटाउन पनि माग गरेको छ।
प्रकाशित: ७ चैत्र २०७८, सोमबार