वनप्लसको सस्तो स्मार्टफोन नर्ड सीई २ लाइट आउँदै, बाहिरिए फोनका विशेषताहरु

  • Technology Khabar | ६ चैत्र २०७८, आईतवार
वनप्लसको सस्तो स्मार्टफोन नर्ड सीई २ लाइट आउँदै, बाहिरिए फोनका विशेषताहरु

काठमाडौं ।

वनप्लस नर्ड सीई २ लाइट स्मार्टफोनको बारेमा नयाँ ‘लीक’ देखा परेको छ। यो वनप्लस स्मार्टफोन पछिल्ला केही महिनाहरूमा धेरै प्रमाणीकरण साइटहरूमा देखा परेको छ, जसमा गीकबेन्च बेन्चमार्क साइड, एफसीसी आदि छन्। यसबाहेक, यो फोन टीयूभी रेइनल्याण्ड प्रमाणीकरण साइटमा पनि देख्न सकिन्छ।

धेरै प्रमाणीकरण वेबसाइटहरूको सूचीले सुझाव दिन्छ कि यो फोन चाँडै बजारमा लन्च हुनेछ। यद्यपी कम्पनीले यस फोनको बारेमा आधिकारिक जानकारी भने दिएको छैन।

वनप्लस नर्ड सीई २ लाइटको नयाँ लीक अब सतहमा आएको छ, जसमा फोन क्यामराएफभी५ डटकम डाटाबेसमा देखिएको छ। रिपोर्ट अनुसार, यो ६४ मेगापिक्सेल क्यामरासंग आउनेछ।

यसका साथै, यो फोन मोडल नम्बर जीएन२२००को साथ गीकबेन्चमा देखिएको छ। फोनमा अक्टा-कोर प्रोसेसर दिइएको छ, जसको कोडनेम होली हो। रिपोर्टका अनुसार यो फोन क्वालकम स्न्यापड्रागन ४८० प्लस वा स्न्यापड्रागन ४८० ६९५ सँग आउन सक्छ।

वनप्लस नर्ड सीई २ लाइट ले ६जीबी र्याम प्राप्त गर्न सक्छ। यो फोन एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा लिस्ट गरिएको छ। यसमा ४,५०० एमएएच ब्याट्री हुनेछ। साथै, यसमा ३३वाट सूपर भोक (SuperVOOC) फास्ट चार्जिङ दिन सक्नेछ। फोनको क्यामराका अनुसार यो फोन पन्च-होल डिस्प्ले डिजाइनको साथ आउनेछ। यसमा ६.५९ इन्चको एफएचडी प्लस डिस्प्ले प्यानल र १६ एमपी फ्रन्ट क्यामरा हुनसक्ने बताईएको छ।

प्रकाशित: ६ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार