हुम्ला जिल्लाका सबै विद्यालयमा ब्रोडल्यान्ड इन्टरनेट

Technology Khabar ६ चैत्र २०७८, आईतवार

काठमाडौं ।

हुम्ला जिल्लाका उत्तरी नाम्खा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनअघि नै ‘ब्रोडल्यान्ड’ इन्टरनेट सेवा जडान हुने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण स्थानमा इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्यअनुसार सो कार्य हुन लागेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार यस कार्यका लागि प्राधिकरण र गाउँपालिकाबीच सम्झौता भइसकेको छ। उनले यसका लागि ग्रामीण दूरसञ्चार विकास कोषको सहयोगमा गाउँपालिका भरिका १७ वटा विद्यालयमा ब्रोडल्यान्ड इन्टरनेट सेवा जडान हुने बताए। गोरखापत्रबाट

प्रकाशित: ६ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया