
काठमाडौं ।
युरोपेली संघ (ईयू) का धितोपत्र, बैंकिङ र बीमा नियामकहरूले चेतावनी दिएका छन् कि क्रिप्टोकरेन्सीमा लगानी गर्ने व्यक्तिहरू आफ्नो पूर्ण रकम गुमाउने जोखिममा छन्।
“यदि मानिसहरूले यी सम्पत्तिहरू किन्छन् भने, उनीहरूको लगानीको पूर्ण रकम गुमाउने उच्च जोखिम छ,” तीन ईयू अधिकारीहरूले बिहीबार जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ।
रोयटर्सको रिपोर्टका अनुसार, यो ईयू अधिकारीहरूबाट क्रिप्टो सम्पत्तिहरूको सम्बन्धमा मानिसहरूलाई दिईएको पहिलो प्रत्यक्ष चेतावनी हो। यसले क्रिप्टोमा लगानी गर्नेहरूलाई ईयूको वित्तीय सेवा ऐन अन्तर्गत कुनै सुरक्षा वा क्षतिपूर्तिको प्रावधान छैन भन्ने संकेत गर्छ।
बिटक्वाइन र ईथर लगायत क्रिप्टोकरेन्सीहरूमा लगानी गर्नेहरूको संख्या बढ्दै गएकोमा नियामकहरू चिन्तित छन्। कुल क्रिप्टो बजारको ६० प्रतिशत बिटक्वाइन र ईथरको हो। नियामकहरूकाअनुसार मानिसहरू क्रिप्टोकरेन्सीहरूसँग सम्बन्धित जोखिमहरू बारे पूर्ण रूपमा सचेत छैनन्।
वक्तव्यका अनुसार, “ग्राहकहरू भ्रामक विज्ञापनहरूबाट सजग हुनुपर्छ। यसमा सामाजिक सञ्जाल र इन्फ्लूएन्सरहरू मार्फत गरिएका विज्ञापनहरू समावेश छन्। ग्राहकहरू विशेष गरी द्रुत वा उच्च प्रतिफलको ग्यारेन्टीमा सतर्क हुनुपर्छ।” यस बाहेक, मानिसहरूले यो पनि ध्यानमा राख्नु पर्छ कि केहि क्रिप्टोकरेन्सीहरूको माइनिङले धेरै बिजुली खपत गर्दछ र यसले वातावरणमा नराम्रो प्रभाव पार्छ।
यसअघि पनि ईयूले क्रिप्टोकरेन्सीको बारेमा आशंका व्यक्त गरेको थियो। केही अन्य अन्तर्राष्ट्रिय निकायहरूले पनि क्रिप्टोकरेन्सीको विरोध गरिरहेका छन्।
जसमा इन्टरनेशनल मनिटर फण्ड (आईएमएफ) पर्छन्। आईएमएफले ऋणमा डुबेको अर्जेन्टिनाको ऋणको पुनर्संरचनासँग सम्बन्धित सम्झौतामा क्रिप्टोकरेन्सीको प्रयोग घटाउने शर्त पनि राखेको छ। आईएमएफले क्रिप्टोकरेन्सीहरू, विकेन्द्रीकृत र अनियमित रूपमा, अवैध गतिविधिहरूको लागि प्रयोग गर्न सकिने शंका गर्छ। थप रूपमा, अस्थिरता क्रिप्टोकरेन्सी खण्डमा पनि प्रमुख चिन्ताको विषय हो। आईएमएफले लगातार क्रिप्टोकरेन्सीको विरोध गर्दै आएको छ।
गत वर्ष, आईएमएफले एल साल्भाडोरको बिटक्वाइनको वैधीकरणलाई गलत भनेको थियो। यसले एल साल्भाडोरको आर्थिक स्थिरतालाई हानि पुर्याउन सक्ने आईएमएफले चेतावनी दिएको छ।
प्रकाशित: ६ चैत्र २०७८, आईतवार