किशोरकिशोरीले भर्चुअल रियालिटीमा के के हेर्छन् भन्ने जानकारी अब अभिभावकले पाउने

  • Technology Khabar | ५ चैत्र २०७८, शनिबार
किशोरकिशोरीले भर्चुअल रियालिटीमा के के हेर्छन् भन्ने जानकारी अब अभिभावकले पाउने

काठमाडौं ।

मेटाले आफ्नो नयाँ टूलको सहायताले किशोरकिशोरीले भर्चुअल रियालिटी कसरी चलाइरहेछन् भन्ने जानकारी सम्बन्धित अभिभावकलाई उपलब्ध गराउने भएको छ।

मेटाको भीआर हेडसेटका माध्यमबाट किशोरकिशोरीले अवाञ्छित गेम तथा अनुभव लिएमा त्यसबारेमा अब उनीहरुका अभिभावकले जानकारी पाउने भएका हुन्।

केही समयअघि मेटामाथि बालबालिको अनलाइन सुरक्षासम्बन्धी केही पहल गरिरहेको छ कि छैन भनेर प्रश्न उठेका थिए।

इन्स्टाग्रामले पनि गत वर्ष नै योजना बनाएर केही समयअघि थप अभिभावकीय नियन्त्रण अर्थात् प्यारेन्टल कन्ट्रोलको व्यवस्था गरेको थियो।

बेलायत सरकारले बालबालिकाको अनलाईन सुरक्षासम्बन्धी विधेयक बनाएपछि मेटा तथा इन्स्टाग्रामको यस प्रकारको नीति अगाडि आएको बुझिएको छ।

प्रकाशित: ५ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार