सेल्फी खिच्ने क्रममा घरको छतबाट लडेर एक महिलाको मृत्यु

  • Technology Khabar | ४ चैत्र २०७८, शुक्रबार
सेल्फी खिच्ने क्रममा घरको छतबाट लडेर एक महिलाको मृत्यु
सांकेतिक तस्बिर

काठमाडौं ।

होली खेलेर सेल्फी खिच्ने क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा आफ्नै घरको तेस्रो तलाको छतबाट लडेर एकजना महिलाको मृत्यु भएको छ। यसका साथै अर्की एक जना गंभिर घाईते भएकी छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंकाअनुसार गोलढुंगा बस्ने ४३ वर्षीया जीवनकुमारी खड्काको घरको छतमा सेल्फी खिच्नेक्रममा मृत्यु भएको हो।

दुबैजना सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिदा लडेका थिए। जसमा गम्भीर घाइते भएकी खड्कालाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो भने उपचारको क्रममा उनको मृत्यु भएको हो।

रेलिङ भाँचिदा लडेर घाइते भएकी अर्की ३८ वर्षीया अन्जु कार्कीको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कार्कीका हातखुट्टा भाँचिएको र उनको अवस्था पनि गम्भीर रहेको बताईएको छ।

प्रहरीले दुबै जनाले रेलिङ्गमा अडेस लागेर सेल्फी खिच्नेक्रममा रेलिङ्ग भाँचिएको अनुमान गरेको छ। सो बारेमा थप अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार