गुगलद्वारा एन्ड्रोइड १३ को डेभलपर प्रिभ्यू २ जारी

  • Technology Khabar | ४ चैत्र २०७८, शुक्रबार
गुगलद्वारा एन्ड्रोइड १३ को डेभलपर प्रिभ्यू २ जारी

काठमाडौं ।

गुगलले एन्ड्रोइड १३ को डेभलपर प्रिभ्यू २ जारी गरेको छ। कम्पनीले यसको पहिलो भर्सन अघिल्लो महिनामात्र सार्वजनिक गरेको थियो।

यो नयाँ भर्सनको स्टेबल भर्सन आगामी शिशिर ऋतुसम्ममा आइसक्ने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

उक्त तालिका अनुसार अन्तिम रिलिजअघि यसको दोस्रो बिटा मे मा, तेस्रो बिटा जुनमा र चौथो बिटा जुलाईमा देख्न सकिने आकलन गरिएको छ।

सदा झैं गुगलले यसको अन्तिम रिलिजको यकिन मिति तोकिसकेको छैन तर यसअघिका प्रवृत्तिहरुलाई हेर्दा एन्ड्रोइड १३ आगामी अगस्ट, सेप्टेम्बर वा अक्टोबरमा पिक्सेल डिभाइसहरुमा आउन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार