एयरबस एटोसको साइबर सुरक्षा व्यवसाय लिन इच्छुक- रिपोर्ट

  • Technology Khabar | ४ चैत्र २०७८, शुक्रबार
एयरबस एटोसको साइबर सुरक्षा व्यवसाय लिन इच्छुक- रिपोर्ट

काठमाडौं ।

युरोपेली एरो र डिफेन्स समूह एयरबस फ्रान्सेली सफ्टवेयर कम्पनी एटोसको साइबर सुरक्षा व्यवसाय लिन इच्छुक रहेको छ।

फ्रान्सको बिएफएम टिभीले बिहीबार यस विषयमा जानकारी भएको स्रोतलाई उद्धृत गर्दै सो रिपोर्ट गरेको रोयटर्सले जनाएको छ।

बिएफएम टिभीले आफ्नो रिपोर्टमा एउटा स्रोतलाई उद्धृत गर्दै एयरबसले साइबर सुरक्षाको क्षेत्रमा आफ्नो चासोका कारण विगत केही हप्तादेखि एटोसको सम्भावित अधिग्रहणको खोजी गरिरहेको थियो, तर यस चरणमा कुनै पनि प्रत्यक्ष अधिग्रहणको छलफल भएको थिएन।

“(एयरबसका सीईओ) गुइलाउम फौरी विश्वास गर्छन् कि यो विषय (एटोस) एयरबसको चासोका कारण धेरै जटिल छ,” बिएफएमले स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा भन्यो।

प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार