बोरड एप्स एनएफटी परियोजनाले पायो आधिकारिक ‘एपक्वाइन’ टोकन

  • Technology Khabar | ४ चैत्र २०७८, शुक्रबार
बोरड एप्स एनएफटी परियोजनाले पायो आधिकारिक ‘एपक्वाइन’ टोकन

काठमाडौं ।

बोरड एप्स एनएफटी परियोजनाले एपक्वाइन टोकन प्राप्त गरेको छ।

बोरड एप यट क्लब एनएफटी परियोजना शुरु गरेको युग ल्याब स्टार्टअप मार्केट क्यापका हिसाबले सबैभन्दा ठूलो एनएफटी परियोजना बन्न सफल भएको छ।

बोरड एपअन्तर्गत रहेका १० हजारमध्ये सबैभन्दा सस्तो एनएफटीको मूल्य २ लाख ४० हजार डलर इथेरियम क्रिप्टोकरेन्सी बराबरको रहेको टेकक्रन्चले जनाएको छ।

उक्त स्टार्टअपले ५ अर्ब मूल्यांकनसहित बैंकको फन्डिङ संकलन गर्ने योजना बनाइरहेको र यसपछि एपक्वाइनमार्फत् बनेको प्ले-टू-अर्न गेमिङ टाइटलका लागि साझेदारी गर्न लागेको पनि बताएको छ।

युग ल्याबले एपक्वाइन टोकनलाई एनएफटी परियोजनासँग सम्बद्ध काउन्सिल सदस्यहरु सम्मिलित एपक्वाइन डीएओमार्फत् सार्वजनिक गर्ने भएको छ। उक्त डीएओले बोरड एप यट क्लब परियोजनाको आधिकारिक ब्राण्डिङको जिम्मेवारी बहन गर्नेछ।

प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • ४ चैत्र २०७८, शुक्रबार