काठमाडौं ।
मुलुकभरी मनाइने फागु पर्व (होली)को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर (होली अफर) उपलब्ध गराएको छ।
यो अफर बिहिबार चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ।
यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ। *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।
नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहने टेलिकमले जनाएको छ।
प्रकाशित: २ चैत्र २०७८, बुधबार