शाओमी १२ र १२ प्रो मा ३ ओटा ओएस र ४ वर्ष सेक्युरिटी अपडेट उपलब्ध हुने

  • Technology Khabar | ३ चैत्र २०७८, बिहीबार
शाओमी १२ र १२ प्रो मा ३ ओटा ओएस र ४ वर्ष सेक्युरिटी अपडेट उपलब्ध हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो शाओमी १२ तथा १२ प्रो मा ३ ओटा ओएस तथा ४ वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराउने भएको छ।

मंगलबार विश्व बजारमा सार्वजनिक भएको १२ सिरिजका फोनमार्फत् आफ्ना उपभोक्तालाई सुखद् अनुभूति दिलाउन कम्पनीले यस्तो रणनीति लिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसै सिरिजको सबैभन्दा सस्तो शाओमी १२एक्समा पनि यीमध्ये सबै नभए पनि अधिकांश सुविधा उपलब्ध हुने बताइएको छ।

कम्पनीले हालै विश्व बजारमा ल्याएका शाओमी १२ तथा १२ प्रो मा एन्ड्रोइड १२, एमआईयूआई तथा स्न्यापड्रागन ८ जेन १ चिपसेट समावेश छन्।

यसैगरी सस्तो १२एक्समा भने स्न्यापड्रागन ८७० चिपसेट राखिएको छ।

यसबाहेक यी तीन ओटै मोडलमा ईयूको मापदण्ड अनुसारको २ वर्षको वारेन्टी तथा ६ महिनाभित्र स्क्रीनमा समस्या आएमा नि:शुल्क परिवर्तनको सुविधा पनि पाउने जीएसएमएरिनाले लेखेको छ।

शाओमी १२ प्रोमा यीमध्ये सबैभन्दा बढी ५० ओटा अन्तरराष्ट्रिय बजारसहितको सुरक्षाको प्रत्याभूति दिइएको छ। यस अन्तर्गत स्पेनमा किनेको १२ प्रो लाई मलेसियाको सर्भिस सेन्टरमा देखाउन सकिनेछ।

प्रकाशित: ३ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...