टेस्लाद्वारा चीनमा बनेका केही सवारीहरुमा ५ प्रतिशत मूल्य वृद्धि

  • Technology Khabar | १ चैत्र २०७८, मंगलवार
टेस्लाद्वारा चीनमा बनेका केही सवारीहरुमा ५ प्रतिशत मूल्य वृद्धि

काठमाडौं ।

टेस्ला इंकले चीनमा बनेका केही मोडल ३ र मोडल वाई कारहरुको मूल्य ५ प्रतिशतले बढाएको छ।

हालै कम्पनीको वेबसाइटमा ५ दिनभित्र गरिएको दोस्रो मूल्यवृद्धिको यो जानकारी राखेको हो।

टेस्लाले यस सम्बन्धमा कुनै टिप्पणी गर्न नमानेको रोयटर्सले जनाएको छ।

उक्त मूल्यवृद्धिपछि मोडल वाई लामो दूरीको कारको ३ लाख ७५ हजार ९ सय यूआन अर्थात् ५८ हजार ९५२ डलर पुगेको छ।

मार्च १० यता यो मोडलमा १८ हजार यूआन बढेपछि यसको मूल्य ३ लाख ४७ हजार ९०० बाट ३ लाख ७५ हजार ९ सय यूआन पुगेको बताइएको छ।

यस्तै मोडल ३ को पर्फर्मेन्स यूनिटको मूल्य मंगलबार १८ हजार यूआन बढेपछि ३ लाख ६७ हजार ९०० यूआन पुगेको रोयटर्समा उल्लेख छ।

अघिल्लो हप्ता चाइना पेसेन्जर कार एशोसियशनले टेस्लाले फेब्रुअरीमा चीनमा बनेका ५६ हजार ५१५ कार बिक्री गरेको बताएको थियो।

प्रकाशित: १ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार