काठमाडौं ।
चिनियाँ स्मार्टफोन निर्माता भिभोले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन भिभो एक्स फोल्डमा काम गरिरहेको छ। यस स्मार्टफोनको फिचर्सलगायतका कयौं जानकारीहरु बेला बेलामा लीक हुँदै आएका छन्।तर कम्पनीबाट यस बारेमा कुनै आधिकारिक जानकारी आएको छैन्।
यो फोन हाल लन्च गरिएको छैन तर यो लन्च हुनु भन्दा पहिले लीकमार्फत तस्बिर बाहिरिएको छ।
फोल्डेबल स्मार्टफोन लन्च हुनु अघि देखियो
आईटी होमको रिपोर्टअनुसार केही समय अघि, चीनको सबवेमा रहस्यमय फोल्ड गर्न मिल्ने स्मार्टफोन एक प्रयोगकर्ताको हातमा देखिएको थियो। यसलाई हेरेर यो फोल्डेबल स्मार्टफोन भिभोको पहिलो फोल्डेबल स्मार्टफोन भिभो एक्स फोल्ड हुन सक्ने बताइएको छ। यो स्मार्टफोनको अगाडिको भाग देखिएको छ, जसका कारण यो कुन मोडलको हो भन्न गाह्रो भए पनि यो भिभोको फोल्ड गर्न मिल्ने स्मार्टफोन भएको मानिन्छ।
चिनियाँ सामाजिक सञ्जाल वेबोमा सार्वजनिक भएको भिभो एक्स फोल्डको पहिलो तस्विरमा फोनमा बाक्लो कभर रहेको छ जसले गर्दा फोनको मोडल देखिँदैन्। तस्विरमा डिस्प्ले फुल भ्यूमा रहेको देखिएको छ र यसलाई हेर्दा फोनको अगाडिको डिस्प्लेमा एउटा पनि क्रिज देखिएको छैन्।
भिभो एक्स फोल्डका स्पेसिफिकेसनहरु
भिभोको पहिलो फोल्डेबल स्मार्टफोनमा, १२० हर्जको रिफ्रेस दरसहितको ६.५ इन्चको फूलएचडी प्लस ओएलईडी डिस्प्ले हुनसक्नेछ। फोनको आन्तरिक डिस्प्ले क्यूएचडी प्लस रिजोल्युसन र १२० हर्जको रिफ्रेस दरको साथ ८ इन्चको प्यानल हुनेछ। यो स्मार्टफोनले क्वालकम स्न्यापड्रागन ८ जेन चिपसेटमा काम गर्न सक्छ र तपाईले ४,६०० एमएएच ब्याट्रीको साथ ८०वाट फास्ट चार्जिङ सपोर्ट पनि पाउनुहुनेछ।
यो स्मार्टफोन कहिले लन्च गर्न हुनेछ भन्ने बारे कुनै जानकारी छैन।
प्रकाशित: १ चैत्र २०७८, मंगलवार