ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेता महासंघबीच क्यूआर कोड प्रबर्द्धनका लागि सम्झौता

  • Technology Khabar | ३० फाल्गुन २०७८, सोमबार
ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेता महासंघबीच क्यूआर कोड प्रबर्द्धनका लागि सम्झौता

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास बिक्रेता महासंघ, नेपालबीच ग्यास बिक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद तथा बिक्री गर्दा क्यूआरमार्फत गरिने मोबाइल पेमेन्ट प्रबर्द्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

यस सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन्।

ग्लोबल आइएमई बैंकले आफ्ना भुक्तानी साझेदारहरु स्मार्ट  च्वाइस टेक्नोलोजीज र फोनपेसँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रबर्द्धनका लागि ग्यास बिक्रेता महासंघ, नेपालसँग समन्वय गरेको हो।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रबर्द्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको छ।

महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास बिक्रेताहरु सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन्।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार