भारतमा नयाँ इलेक्ट्रिक स्कूटर सार्वजनिक गर्दै यामाहा

  • Technology Khabar | ३० फाल्गुन २०७८, सोमबार
भारतमा नयाँ इलेक्ट्रिक स्कूटर सार्वजनिक गर्दै यामाहा

काठमाडौं ।

यामाहाले भारतमा छिट्टै एउटा नयाँ विद्युतीय स्कूटर सार्वजनिक गर्ने भएको छ।

ताइवानमा यसअघि बिक्री भइरहेको ईसी-०५ तथा नयाँ ई०१ स्कूटर कम्पनीले हालै दर्ता गराएको बुझिएको छ। तर गिज्मोचाइनाका अनुसार भारतमा आउन सक्ने स्कूटर भने यी दुवैमध्ये कुनै नभई नाम नखुलाइएको अर्को कुनै मोडल हुनसक्नेछ।

रशलेनको एक रिपोर्टअनुसार जापानी अटोमोबाइल निर्माता यामाहाको भारतीय बजारमा आउने पहिलो सवारी निकै स्टाइलयुक्त स्कूटर हुनेछ।

यो कम्पनीका चिर प्रतिद्वन्द्वी आथरको ४५०एक्स र बजाजको चेतकजस्तै प्रिमियम उत्पादन हुनसक्ने रशलेनको आकलन छ।

रिपोर्ट अनुसार यो स्कूटरमा पूर्णरुपमा डिजिटल एलसीडी कन्सोल रहनेछ भने यसमा रहेको ब्लूटूथ कनेक्टिभिटीले यामाहाका स्मार्टफोन एपका थुप्रै फङ्शन र फिचर पनि उपभोग गर्न सहयोग पुर्याउने समाचारमा उल्लेख छ।

हालसम्म यसका बारेमा कम्पनीका तर्फबाट कुनै आधिकारिक जानकारीहरु उपलब्ध भएको भने छैन। तर यसको पर्फर्मेन्स होन्डाको एक्टिभा र टीभीएसको जुपिटरजस्ता ११० सीसी पेट्रोल स्कूटरको जस्तै हुने अपेक्षा गरिएको छ।

यसको रेन्ज ७० देखि ८० किमी र उच्च गति ८० देखि १०० किमी प्रतिघण्टा रहने आकलन गरिएको छ।

नेपालमा पनि पछिल्लो समय थुप्रै विदेशी ब्राण्डका ई-स्कूटरहरु भित्रिरहेकाले यो स्कूटर पनि आउला कि भनेर अपेक्षा गर्न सकिन्छ। तर भारतजस्तो ठूलो बजार नभएकाले नेपालमा यामाहाले यो स्कूटर ल्याउने/नल्याउने प्रस्ट भएको छैन।

प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...