
काठमाडौं ।
फक्सवागन र फोर्डले विद्युतीय सवारीका क्षेत्रमा आफ्नो साझेदारी अझ प्रगाढ बनाउने भएका छन्।
फक्सवागनले फोर्डसँगको आफ्नो ई-मोबिलिटी साझेदारी अझ प्रगाढ बनाएको र यस अन्तर्गत उसले जर्मन प्रतिस्पर्धीको प्लेटफर्ममा आधारित यूरोपेली बजारका लागि दोस्रो विद्युतीय सवारी निर्माण गर्ने भएको छ।
हाल विस्तार गरिएको समझदारी अनुसार फोर्डले फक्सवागनको मोडुलर इलेक्ट्रिक-ड्राइभ प्लेटफर्म एमईबीमा आधारित सवारीहरुको उत्पादन हाल तय भएकोभन्दा दोब्बर बनाउने रोयटर्सले जनाएको छ।
फोर्डले बनाउने यो सवारी आगामी ६ वर्षको अवधिमा १२ लाख थान हुने पनि बताइएको छ।
‘हाल यूरोपमा ई-मोबिलिटीमार्फत् सफलता पाउन नाफा र गति निकै महत्वपूर्ण हुन्छ। हामी फोर्डसँग मिलेर यी दुवैलाई संयोजन गर्ने प्रयासमा छौं’,फक्सवागनका व्यवस्थापन बोर्ड सदस्य थोमि श्मलले भने।
प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार