डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

  • Technology Khabar | २९ फाल्गुन २०७८, आईतवार
डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

काठमाडौं ।

डिशहोमले सुरुवात गरेको डिशहोम फाईबरनेटको ग्राहक संख्या एकलाख पुगेको छ। चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम फाईबरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको छ।

एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थित डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाईबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिँदै ग्राहक संख्यामा गुणात्मक बिस्तार गर्दै जानुपर्ने बताए।

आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेको उपलक्ष्यमा खुसियाली व्यक्त गरेका छन्।

प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार