नबिल बैंकको ४ नयाँ शाखा काठमाडौंमा थपिए

  • Technology Khabar | २९ फाल्गुन २०७८, आईतवार
नबिल बैंकको ४ नयाँ शाखा काठमाडौंमा थपिए

काठमाडौं ।

नबिल बैंकले आइतबार काठमाडौंको ४ स्थानमा ४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ।

बैंकले जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको कसाथ उद्घाटन गरेको हो। उद्घाटन भएका चार९४० नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक संचालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रुपमा शंखमूल शाखा, बैंक संचालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रुपमा गोंगबु जालपा शाखाको उद्घाटन गरेका थिए।

विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा बैंकिङ सेवाहरू प्रदान गर्नेछ । बैंकले १८७ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आईरहेको जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार