अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एकलाई पक्राउ गरेको छ।
प्रहरीले मोरङ रंगेली नगरपालिका-६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डललाई आइतबार पक्राउ गरेको हो।
उनले सामाजिक सञ्जाल ह्वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको प्रलोभनमा पार्दै पीडितहरुसँग बैंक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाइल नम्बरमा ओटिपि कोड समेत लिई दूरुपयोग गर्ने गरेका थिए।
जसमा पीडितको खातामा भएको रकम बिभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी २ लाख १ हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न भएको प्रहरीको आरोप छ।
मण्डललाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय रंगेली मोरङसँग आवश्यक समन्वय गरी पक्राउ गरेको हो।
उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
