खल्तीको क्यूआर अफरः फोनपेमा स्क्यान गरि भुक्तानी गर्ने र लिने दुबैले पुरस्कार जित्ने अवसर

  • Technology Khabar | २६ फाल्गुन २०७८, बिहीबार
खल्तीको क्यूआर अफरः फोनपेमा स्क्यान गरि भुक्तानी गर्ने र लिने दुबैले पुरस्कार जित्ने अवसर

काठमाडौं ।

खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा रु. ५००० जित्ने “स्क्यान मा अफर” ल्याएको छ। यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि बिजेता हुनेछन्।

यस क्याम्पेनमा बम्पर उपहार टिभीएस एन्टर्क स्कुटर खल्ती बाट फोनपे क्युआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्ने बताईएको छ। त्यसै गरि हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले रु. ५००० नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर फागुन २६, २०७८ देखि बैशाख १०, २०७९ सम्म मान्य हुने कम्पनीले जानकारी दिएको छ।

पुरस्कार बिजेताहरु
बम्पर पुरस्कार TVS Ntorq 125 Scooter खल्ती प्रयोगकर्ता – १ बिजेता

फोनपे मर्चेन्ट – १ बिजेता

साप्ताहिक पुरस्कार One Plus Nord N100 खल्ती प्रयोगकर्ता – २ बिजेता

फोनपे मर्चेन्ट – २ बिजेता

दैनिक पुरस्कार Rs. 5000 Khalti Balance खल्ती प्रयोगकर्ता – १ बिजेता

यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने : “हामीले हाम्रा हाल रहेका र भविष्यमा आउने खल्ती प्रयोगकर्ताहरूलाई आकर्षक उपहार र प्रोत्साहनसहित देशको कुनै पनि क्युआरमा सहज भुक्तानीको सुविधा प्रदान गर्ने उद्देश्यले आगाडी बढ्दै छौँ।”

‘खल्ती’ मा हालै सुरु गरिएको फोनपे क्युआर को सेवाका कारण निकै प्रयोगकर्ताको लागि एउटा सजिलो माध्यम बन्न पुगेको छ। यसको साथै, अब खल्तीबाट जुनसुकै क्युआर सजिलै स्क्यान गर्न मिल्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार