जूम कलबाटै ९ सय जनाको जागिर खोसेको बेटर डटकमले थप ३ हजार कर्मचारी निकाल्ने

  • Technology Khabar | २६ फाल्गुन २०७८, बिहीबार
जूम कलबाटै ९ सय जनाको जागिर खोसेको बेटर डटकमले थप ३ हजार कर्मचारी निकाल्ने

काठमाडौं ।

तीन मिनेटको जूम कलमार्फत् ९ सय कर्मचारीलाई जागिरबाट निकालेका बेटर डट कम का मालिक विशाल गर्गले फेरि थप कर्मचारी हटाउने भएका छन्।

यस पटक उनले कम्पनीका ३ हजार कर्मचारी निकाल्ने तयारी गरिरहेको भाष्कर डटकमले उल्लेख गरेको छ। कम्पनीका कर्मचारिलाई यो कुराको जानकारी कम्पनीको पेरोलमार्फत् आएको बुझिएको छ।

कम्पनीको यो निर्णयको घोषणा बुधवार गरिने तय भएकोमा भूलवश: उक्त पत्र पहिले नै लीक भएको थियो।

यसै लीक भएको पत्रमार्फत् बेटर डट कमले गत मार्च ८ तारिखका दिन नै कर्मचारी कटोतीको योजना बनाएको थाहा भएको हो। तर सञ्चारमाध्यममा ८ तारिखको जानकारी लीक भएपछि एक दिन बढाएर मार्च ९ बनाइएको थियो।

बेटर डटकमका अमेरिका तथा भारतमा ८-८ हजार कर्मचारी रहेका छन्। तीमध्ये ३ हजार जनालाई जागिर छोड्न दबाब दिइएको छ।

कम्पनीका सीएफओ केभिन र्यानले कर्मचारिहरुलाई पठाइएको ईमेलमा ब्याज दर बढ्दै गएको तथा बजारमा आएको अस्थिरतालाई समाधान गर्नका लागि यो कदम चाल्नुपरेको उल्लेख गरेका छन्।

तीन मिनेटको जूम कलमार्फत् ९ सय जनालाई निकालेका थिए

गर्गले तीन महिनाअघि तीन मिनेट जूम कल गरेर ९ सय कर्मचारी हटाएको घोषणा गरेका थिए। यो निर्णयमा निकै विवाद आएको थियो।

यसपछि गर्गलाई न्यूयोर्कमा मुख्यालय रहेको डिजिटल मोर्गेज लेन्डर बेटर डटकमको सीईओ पदबाटै हटाउने चर्चा पनि चलेको थियो।

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...