नथिङले मार्च २३ मा २०२२ को प्रडक्ट रोडम्यापको ‘प्रिभ्यू’ गर्ने

  • Technology Khabar | २६ फाल्गुन २०७८, बिहीबार
नथिङले मार्च २३ मा २०२२ को प्रडक्ट रोडम्यापको ‘प्रिभ्यू’ गर्ने

काठमाडौं ।

वनप्लसका सह-संस्थापक कार्ल पेईद्वारा स्थापित ब्राण्ड नथिङले आफ्नो उत्पादन रोडम्यापको पूर्वावलोकन गर्ने भएको छ।

कम्पनीले यसका लागि आगामी मार्च २३ लाई तोकेको जीएसएमएरिनाले जनाएको छ।

यो इभेन्टको नाम ‘द ट्रुथ’ राखिएको र उक्त दिन दिउँसो २ जीएमटी अर्थात् नेपाली समयअनुसार साँझ पौने ६ बजे हुने तय भएको छ।

यो इभेन्टमा केही दिन अघि पेईले क्वालकमका सीईओ क्रिश्टियानो आमोनलाई देखाएको नथिङको स्मार्टफोनका बारेमा केही जानकारी आउनसक्ने अपेक्षा ग।एको छ।

नथिङ क्वालकमको आधिकारिक साझेदार हो।

यो स्मार्टफोनका बारेमा हालसम्म कुनै जानकारी बाहिरिएको छैन। पेईसँग वनप्लसमा हुँदादेखिको स्मार्टफोन सार्वजनिक गर्ने वर्षोंको अनुभव रहेको छ।

दोस्रो चरणको सामुदायिक लगानीको तयारीका क्रममा नथिङले १४ करोड ४० लाख डलर संकलन गरेको छ।

जीएसएमएरिनाका अनुसार यो कम्पनीमा ३ सय जना कर्मचारी रहेका छन् भने कम्पनीले ६ महिनामा ४ लाखभन्दा बढी इयर १ इयरबड बिक्री गरिसकेको छ।

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २६ फाल्गुन २०७८, बिहीबार