
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले इलेक्ट्रिक भेहिकल उद्योगमा पुन: गति लिइरहेको छ। कम्पनीले ईलेक्ट्रिक भेहिकल (ईभी) निर्माण गर्न साझेदारी गरेको थियो र सेरेस (SERES) सँगको सहकार्यमा कार निर्माणको काम सुरु गरेको थियो।
कम्पनीले यसअघि नै घोषणा गरेको यस कारको नाम आइटो एम५ (Aito M5) हो, जुन ह्वावेको हार्मोनीओएस अपरेटिङ सिस्टम भएको पहिलो कार हो। यो कार बिजुली र इन्धन दुवैमा आधारित भएर चल्छ। ह्वावेले भर्खरै आइटो एम५ को डेलिभरी कार्यक्रम आयोजना गरेको छ। एईटो एम५ एक मध्यम आकारको एसयूभी हो।
रिपोर्टकाअनुसार चीनमा आइटो एम५ को मूल्य २ लाख ४९ हजार ८०० युआन र यसको प्रमुख संस्करण ३ लाख १९ हजार ८०० युआनबाट सुरु हुन्छ। फेब्रुअरी २५ देखि सुरु भएको कारको प्रि-बुकिङले ४ दिनमा ६,५०० युनिटको सङ्ख्या पार गरेको छ। प्रि-बुकिङको हिसाबले यो एकदमै राम्रो नम्बर भएको बताईएको छ।
ह्वावेले टेस्लाको मोडेल वाई भन्दा ड्राइभिङ दायरा र पीक पावर प्रदान गर्ने मामिलामा आइटो एम५ राम्रो रहेको बताएको छ। ह्वावेले आफैं कार बनाउँदैन, तर कार निर्माताहरूलाई प्रविधि उपलब्ध गराउँछ। ह्वावेका अनुसार यसले अटोनोभस भेहिकलको विकासलाई गति दिनेछ।
आइटो एम५ स्मार्ट कार १.५ टी फोर-सिलिन्डर रेन्ज एक्सटेन्डरद्वारा संचालित छ, जुन दायरा विस्तार प्रणालीको लागि डिजाइन गरिएको छ। यसमा यो गाडी एक पटक चार्जमा ११०० किलोमिटर भन्दा बढी चल्न सक्ने दाबी गरिएको छ।
सो कारमा १०.४ इन्च इन्स्ट्रुमेन्ट क्लस्टर र १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जुन हार्मोनी ओएसमा चल्छ र थ्रीडी फेस रिकग्निसन सपोर्ट गर्छ।
आइटो एम५ एसयूभी ६ रंग विकल्पहरूमा उपलब्ध हुनेछ भने तीन इन्टेरियर डिजाइन आन्तरिक विकल्पहरू छन्। चीनमा यसको डेलिभरी सुरु भए पनि विश्व बजारमा कहिले आउने हो भन्ने कुनै जानकारी छैन।
प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार