काठमाडौं ।
इलन मस्कको जेट ट्र्याक गर्ने किशोरले आफ्नो ध्यान रुसी धनाढ्यहरुमा सारेका छन्।
उनले रुस-यूक्रेन युद्ध चलिरहँदा मस्कको झैं रुसी धनाढ्यहरुको विमानको आवतजावत सन्दिग्ध हुने भएकाले तिनीहरुको ट्र्याकिङ गरिरहेका गार्जियनले उल्लेख गरेको छ।
केही हप्ता अगाडि खोलिएको नयाँ ट्विटर एकाउन्टमा १९ वर्षीय ज्याक स्वीने नामक फ्लोरिडाका ती किशोरले हालसम्म १ लाख ६२ हजार फलोअर बनाइसकेका छन्।
उनले उक्त एकाउन्टमार्फत् २१ जना रुसी अर्बपति धनाढ्यहरुको विमान ट्र्याक पनि गरिसकेका छन्।
@RuOligarchJets ह्याण्डल भएको उक्त नयाँ एकाउन्टका अनुसार चेल्सी फुटबल क्लबका मालिक रोमन इब्राहिमोभिकले सोमबारसम्म जेटमार्फत् मस्को, बाकु, सेन्ट किट्स एन्ड नेभिस तथा दुबईलगायत थुप्रै ठाउँको भ्रमण गरेको देखिएको छ।
विमानको आवतजावत मात्र नभ्ई स्वीनेले ती विमानले खपत गर्ने इन्धन तथा त्यसको लागतसमेत ट्र्याक गर्ने गरेका गार्जियनले लेखेको छ।
स्वीनेले रुसी धनाढ्य र मस्कबाहेक बिल गेट्स, जेफ बेजोस तथा ड्रेकको विमान पनि ट्र्याक गरिरहेको बताइएको छ।
उनको नयाँ ट्विटर ह्याण्डलका अनुसार अब्राहिमोभिकको एलएक्स-रे नामक जेट २ घण्टा २७ मिनेट उडेर अजरबैजानको राजधानी बाकुमा अवतरण गरेको थियो।
उक्त उडानका क्रममा ३,७६७ किलोग्राम जेट इन्धन खपत भएको, त्यसको मूल्य ६,३६९ डलर हुने तथा उक्त जेटले १३ टन कार्बन उत्सर्जन गरेको थियो।
प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार