८ इन्च फाउन्ड्रीका सेवामा मूल्य वृद्धि गर्ने टीएसएमसीको योजना

  • Technology Khabar | २६ फाल्गुन २०७८, बिहीबार
८ इन्च फाउन्ड्रीका सेवामा मूल्य वृद्धि गर्ने टीएसएमसीको योजना

काठमाडौं ।

ताइवानी चिप कम्पनी टीएसएमसीले ८ इन्च फाउन्ड्री सेवामा १० देखि २० प्रतिशत मूल्य वृद्धि गर्ने योजना बनाएको छ।

कम्पनीले यो निर्णय यो वर्षको तेस्रो त्रैमासको शुरुवातदेखि लागू हुने कम्पनीको आईसी डिजाइन हाउसको स्रोतले बताएको डिजिटाइम्सले उल्लेख गरेको छ।

स्रोतका अनुसार मुद्रास्फीतिको चिन्ताका कारण टीएसएमसीले १२ इन्च फाउन्ड्रीका सेवामा पनि मूल्य वृद्धिको सम्भाव्यता हेरिरहेको छ।

उपभोक्ताको माग बढेपछि ८ इन्च फ्याबको क्षमतामा ह्रास आएकाले यसले मूल्य बढाउन सक्ने आकलन गरिएको स्रोतले बताएकोफ छ। टीएसएमसीको यो निर्णय र मुद्रास्फीतिका कारण अन्य ८ इन्च फ्याबहरुले पनि मूल्य बढाउने सम्भावन देखिएको छ।

बढ्दो मुद्रास्फीति र आपूर्ति श्रृङ्खलाको गडबडीका कारण बढेको उत्पादन लागत चिप निर्माताहरुको टाउको दुखाई बनिरहेको बुझिएको छ। टीएसएमसीले आफ्नो कुल नाफाको मार्जिन ५५ प्रतिशतभन्दा माथि पुर्याउन मूल्य वृद्धि गर्नै पर्ने देखिएको छ।

कम्पनीले २०२१ का सबै अर्डरहरुमा दिइएको छुट पनि रद्द गरेको छ भने यसले अत्याधुनिक प्रक्रियाबाट बनेका चिपको मूल्य १० देखि २० प्रतिशत बढाउने निर्णय गरेको हो।

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार