अटोपाइलटलाई निरन्तर अनुगमन गरिरहनु पर्ने टेस्लाको भनाई

  • Technology Khabar | २६ फाल्गुन २०७८, बिहीबार
अटोपाइलटलाई निरन्तर अनुगमन गरिरहनु पर्ने टेस्लाको भनाई

काठमाडौं ।

टेस्ला इंकले आफ्नो अटो पाइलट फिचरलाई निरन्तर अनुगमन गरिनुपर्ने बताएका छन्।

कम्पनीले अटो पाइलट तथा एफएसडी फिचरका सुरक्षासम्बन्धी फाइदाहरुका बारेमा निकै बचाउ गरे पनि यिनीहरुलाई निरन्तर अनुगमन तथा चालकको ध्यान आवश्यक हुने स्वीकार गरेका छन्।

सिनेटरहरुले टेस्लाका सीईओ इलन मस्कलाई गत फेब्रुअरी ८ मा उसको अटो पाइलट तथा एफएसडी सिस्टमसम्बन्धी गम्भीर चिन्तासहित पत्र लेखेका थिए।

गत मार्च ४ मा टेस्लाको पब्लिक पोलिसी तथा बिजनेस डेभलपमेन्टका वरिष्ठ निर्देशक रोहन पटेलले त्यसको उत्तर सिनेटरहरुलाई पठाउँदै ती फिचरले अमेरिकाका औसत चालकभन्दा अझ सुरक्षित ड्राइभिङ गर्न उपभोक्ताको क्षमता बढाउने बताएका थिए।

पटेलले यी दुवै सिस्टमलाई निरन्तर रुपमा अनुगमन तथा चालकको ध्यान आवश्यक पर्ने प्रत्युत्तरमा उल्लेख गरेका रोयटर्सले जनाएको छ।

उनका अनुसार टेस्लाका गाडीहरु मानव चालकले गर्ने झैं सबै नभई केही मात्र डाइनामिक ड्राइभिङ टास्क गर्न सक्षम भएको पनि थपेका छन्।

टेस्लाले आफ्नो वेबसाइटमा अटोपाइलटले सवारीलाई चलाउने, गति बढाउने तथा ब्रेक लगाउन सघाउने तर यस्तो बेला चालकले ध्यान दिनुपर्ने र सवारीलाई अटोनोमस मोडमा राख्न नहुने पनि उल्लेख गरेको छ।

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार