एप्पलले ल्यायो एम१ चिप र फाइभजी सपोर्टयुक्त नयाँ आईप्याड एयर

  • Technology Khabar | २५ फाल्गुन २०७८, बुधबार
एप्पलले ल्यायो एम१ चिप र फाइभजी सपोर्टयुक्त नयाँ आईप्याड एयर

काठमाडौं ।

एप्पलले पीक पर्फर्मेन्स इभेन्टमा नयाँ आईप्याड एयर पनि अनावरण गरेको छ।

आईफोन एसई २०२२ को घोषणाका लागि आयोजित इभेन्टमा अपेक्षा गरिए अनुरुप नै नयाँ आईप्याड एयर सार्वजनिक गरिएको जीएसएमएरिनाले जनाएको छ।

यो डिभाइसको बेस मोडलमा वाइफाइ मात्र छ भने अन्यमा भने एम१ चिप तथा फाइभजी सपोर्ट पनि उपलब्ध छ।

यसबाहेक आईप्याड एयरमा नयाँ अल्ट्रावाइड फ्रन्ट क्यामरा राखिएको छ भने पछाडिपट्टि १२ मेगापिक्सेलको क्यामरा छ।

यसको यूएसबी-सी पोर्टले पहिलेभन्दा २ गुणा छिटो काम गर्न सक्ने र १० जीबीपीएससम्म डाटा ट्रान्सफर गर्न सक्ने बताइएको छ।

यसको स्क्रीन १०.९ इन्चको लिक्विड रेटिना डिस्प्ले रहेको र ५०० निट्ससम्मको ब्राइटनेसका साथमा ट्रुटोन सपोर्ट पनि रहेको बताइएको छ।

यसमा आईप्याडओएस १५.४ तथा यूनिभर्सल कन्ट्रोल फिचर रहेको छ जसले एउटै माउसले धेरै ओटा डिभाइसमा सामग्रीहरु ड्राग-ड्रप गर्न मद्दत गर्दछ।

यो ट्याब्लेट शत प्रतिशत रिसाइकल गरिएको एलुमिनियम लगायतका सामग्रीबाट बनेको छ।

स्पेस ग्रे, स्टारलाइट, पिंक, पर्पल तथा ब्लू गरी पाँच रंग संयोजनमा उपलब्ध हुने यो डिभाइसको ६४ जीबी मोडलको ५९९ डलर मूल्य तोकिएको छ। यिनीशरु २५६ जीबी स्टोरेज भेरियन्टमा पनि उपलब्ध हुने जीएसएमएरिना लेख्दछ।

प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २५ फाल्गुन २०७८, बुधबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २५ फाल्गुन २०७८, बुधबार

NOC from Nagarik App

  • २५ फाल्गुन २०७८, बुधबार

E-pension verification system launched

  • २५ फाल्गुन २०७८, बुधबार