
काठमाडौं ।
मधेश प्रदेशले स्टार्टअप तथा नव-प्रवर्तनका लागि सहयोग गर्ने भएको छ। मधेश प्रदेश सरकारले आफ्नो प्रदेशमा भएका स्टार्टअप तथा नवप्रवर्तनलाई स्थानीय तहमार्फत सहयोग गर्ने भएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (Provincial and Local Governance Support Programme-PLGSP)ले स्थानीय तहहरुमा नव–प्रवर्तन साझेदारी कोष परिचालन गर्दै आर्थिक सहयोग गर्ने भएको हो।
यसको लागि प्रदेश सरकारले स्थानीय तहहरुलाई सो कोष कार्यान्वयन गर्नका लागि आवेदन दिन आव्हान गरेको छ।
यसको लागि चालु आ.व.मा स्थानीय तहहरूमा नव–प्रवर्तन साझेदारी कोष परिचालनका लागि नव–प्रवर्तनसँग सम्बन्धित परियोजना कार्यान्वयन गर्न अवधारणापत्र पेस गर्नुपर्नेछ।
यसअघि नै आवेदन दिईसकेकाहरु बाहेक थप स्थानीय तहहरुलाई सो कोष कार्यान्वयन गर्नको लागि सात दिने म्यादसहितको अनुरोध गरिएको हो ।
स्थानीय तहहरुले नव–प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची–१ बमोजिम अवधारणापत्रको ढाँचामा माग भए अनुसार आवश्यक कागजातहरू संलग्न गरी चैत १ गते, मंगलबारभित्र रीतपूर्वकको अवधारणापत्र खामबन्दीका साथै नव–प्रवर्तन साझेदारी कोष प्रणाली https://ipf.plgsp.gov.np/ मा समेत पेस गर्नुपर्नेछ।
उक्त कार्यक्रममा सहभागी हुन प्रदेशका सबै स्थानीय तहहरूलाई आह्वान गरिएको छ।
प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार