इन्टरनेट ब्याकबोन प्रोभाइडर कोजेन्टद्वारा रुसमा सेवा बन्द

  • Technology Khabar | २४ फाल्गुन २०७८, मंगलवार
इन्टरनेट ब्याकबोन प्रोभाइडर कोजेन्टद्वारा रुसमा सेवा बन्द

काठमाडौं ।

इन्टरनेट ब्याकबोन सेवा प्रदायक कम्पनी कोजेन्ट कम्युनिकेशन्सले रुसमा आफ्नो सेवा बन्द गरेको छ।

विश्वको लगभग २५ प्रतिशत वेब ट्राफिक धान्ने यो कम्पनीले हाल यूक्रेनमाथि हमलाका कारण रुसी व्यवसायीहरुसँगको कारोबार रोक्ने निर्णय गरेको छ।

वाशिङ्टन पोस्टलाई बताए अनुसार कम्पनीले रुसलाई हाल चलिरहेको युद्धका बारेमा मिथ्या समाचार प्रचार गर्न र साइबर हमला गर्नबाट रोक्ने उद्देश्यले नेटवर्कको प्रयोग नहोस् भनेर यस्तो निर्णय गरेको बताएको इन्ग्याजेटले उल्लेख गरेको छ।

‘हाम्रो उद्देश्य कसैलाई चोट पुर्याउनु होइन। यो त रुसी सरकारलाई युद्धको अर्को हतियार भिर्न नदिनका लागि हो’, कोजेन्टका सीईओ डेभ शाएफरले बताए।

उनले यो कठिन निर्णय भएको पनि थपे। कम्पनीले हालै जेडडी डटनेटलाई आफूहरु रुसिया टुडे तथा स्पुत्निकविरुद्ध ईयूले लगाएको प्रतिबन्धकै पक्षमा रहेको बताएको छ।

प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार